माओवादी पदाधिकारी बैठकमा के भयो छलफल ? (भिडिओ)
नेपाल प्रेस
२०८० साउन १० गते १०:४२
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गरिरहेको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैकले १७ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
उनले भने- १७ बाट केन्द्रीय कमिटी बैठक बस्दै छ । अध्यक्ष ज्यूले नै आफू केही दिन बाहिर हुने र बैठकका प्रारम्भिक एजेन्डा तयार गर्नका लागि बैठक बस्नुहोला भनेकाले बसेको हो । केन्द्रीय कमिटी बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भयो। सबैले आ-आफ्ना कुरा राखे ।
फेरि ४ बजे शीर्ष नेताहरू छलफलमा जुट्ने उनले बताए ।
प्रतिक्रिया