अमेरिकी राष्ट्रपतिको कुकुर जर्मन सेफर्डले ह्वाइट हाउसमा गुप्तचर टोकेर हैरान
नेपाल प्रेस
२०८० साउन १० गते १२:०४
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले सात गुप्तचर कर्मचारीलाई टोकेको छ ।
जर्मन सेफर्ड प्रजातिको कुकुरले टोक्दा एक गुप्तचर अधिकारीले अस्पताल भर्ना हुनुपरेको छ ।
चार महिनामा सात कर्मचारीलाई कुकुरले टोकेर हैरान गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
अमेरिकी अखबार न्यू योर्क पोस्टले पनि समाचार प्रकाशन गरेको छ । पोस्टका अनुसार कुकुरले वाइट हाउसमै आतंक मच्चाएको छ ।
गुप्तचर अधिकारीहरूले लेखेको मेमोमा बाइडेनको कुकुर आतंक देखिएको बताइएको छ ।
एक गुप्तचर अधिकारीको ५०० अमेरिकी डलरको कोट पनि कुकुरले टोकेर बिगारेको न्यू योर्क पोस्टले बताएको छ ।
प्रतिक्रिया