एमाले संसदीय दलको बैठक सुरू, गृहमन्त्रीको राजीनामा माग्ने तयारी – Nepal Press

एमाले संसदीय दलको बैठक सुरू, गृहमन्त्रीको राजीनामा माग्ने तयारी

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ। बानेश्वरस्थित ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।

बैठकमा एमालेले सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ।

दलको बैठकले थप रणनीति तय गर्ने प्रमुख सचेतक पदम गिरीले बताए ।

प्रतिनिधिसभा बैठक १ बजेका लागि बोलाइए पनि केही ढिलो गरी सुरु हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर