सुन तस्करीमा जोडिएका माओवादी नेता महरामाथि अनुसन्धान नगरेकोमा एमालेले सदनमा उठायो प्रश्न (भिडिओ) – Nepal Press

सुन तस्करीमा जोडिएका माओवादी नेता महरामाथि अनुसन्धान नगरेकोमा एमालेले सदनमा उठायो प्रश्न (भिडिओ)

काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा जोडिएको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विमानस्थलभित्रको सुरक्षा व्यवस्था कमजोर बनाएर क्वीटलका स्वीटल सुन भित्र्याउँने काम भइरहेको बताए ।

उनले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको संलग्नता रहेको आरोप लगाए ।

सत्ताको आडमा महरामाथि सुन प्रकरणमा छानबिन नभएको उनको भनाइ छ । उनले भने, ‘ठूला माछा उम्किएर हिँड्ने तर, साना माछा पक्राउ पर्ने काम भइरहेको छ ।’

यस्तै, उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतकिताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सरकारको संलग्नताबिना ठूलो मात्रामा सुन ल्याउन नसक्ने निष्कर्ष निकाल्दै एमालेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

सुन प्रकरणमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री पदमा बस्न योग्य नरहेको बताए ।

उनले भने, ‘गृहमन्त्री अब कुर्सीमा बस्न योग्य हुनुहुन्न । उहाँकै मातहतमा ठूलो सेटिङ भएर सुन तस्करी हुँदा कारबाही गर्छु भन्दै स्टण्डबाजी गर्दै हिँड्नुहुन्छ । कुन नैतिकताको धरातलमा तपाईलाई यो पदमा बस्न सुहाउँछ ।’

उच्चस्तरीय छानबिन समिति गठन गरेर कारबाही नगरेसम्म संसद अगाडि बढाउन नदिने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर