सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानमा साथ दिने कांग्रेसको निर्णय (भिडिओ)
नेपाल प्रेस
२०८० साउन १० गते १८:१५
काठमाडौं । नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा कोही दोषी नउम्किऊन्, कोही निर्दोष नफसून् भन्ने नीति लिएको बताए ।
यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए ।
महामन्त्री शर्माले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिने बताए ।
प्रतिक्रिया