लघुवित्त पीडितसँग वार्ताका लागि समन्वय गरिदिन सिडिओ कार्यालयलाई अर्थको पत्र
नेपाल प्रेस
२०८० साउन ११ गते १७:१४
काठमाडौं । अर्थ मन्त्रालयले लघुवित्त पीडित समितिसँग वार्ताको समन्वय गराइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौलाई पत्र पठाएको छ ।
लघुवित्त पीडितको माग सम्बोधन गर्न संवाद र छलफलका लागि अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको संयोजनमा वार्ता टोली गठन गरेको छ ।
सो टोलीमा गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बंकका प्रतिनिधि रहनेछन् । सोही टोलीसँग वार्ता गर्न सहजीकरणका लागि सिडियो कार्यालयलाई अर्थले गुहारेको हो । अहिले लघुवित्त पिडितहरुले सडकवाटै आन्दोलन गरिररहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर