अनुमतिबेगर औषधि पसल चलाइरहेका चारजना पक्राउ – Nepal Press

अनुमतिबेगर औषधि पसल चलाइरहेका चारजना पक्राउ

कैलाली । अवैधरूपमा औषधि पसल चलाइरहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित मेडिकल पसलबाटै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढी-३ बस्ने एभरेस्ट मेडिकलका सञ्चालक अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक दीपक महता र धनगढी २ बस्ने रेश्मी क्लिनिक फार्मेसीका सञ्चालक गोरखबहादुर श्रेष्ठ छन् ।

केही दिनअघि धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक पनि अनुमतिविनै सञ्चालनमा रहेका पाइएको थियो ।

उनीहरु दुवैजनालाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर