कोशीमा प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान – Nepal Press

कोशीमा प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले शुक्रबार साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र बहुमतको सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

उनले संविधानको धारा १६८ कोउपधारा (२) बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले भने सरकार गठनका लागि दाबी पेस गर्ने समय १७ गतेसम्म दिएको छ । खापुङले भने उक्त समयभन्दा एक दिनअगावै मुख्यमन्त्रीमा दाबी पेश समय दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर