दरबार हत्याकाण्डबारे ओली- आफ्नैले हत्या गरेर छोरालाई दोष थोपरिदिए (भिडिओ)
‘सप्पैलाई मारेपछि दाया हातले आफैंलाई बायाँतिर गोली हान्यो रे’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको लडाइँ निर्मम हुने भन्दै दरबार हत्याकाण्डको उदाहरण दिएका छन् । आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको उनले टिप्पणी गरे ।
आज पार्टीको जनवर्गीय संगठनको कार्यक्रममा ओलीले विना प्रसंग दरबार हत्याकाण्डको चर्चा गरेका हुन् । उनले हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको परोक्ष संकेत गरे ।
ओलीले भने, ‘राज्यका लागि प्रतिक्रियाबादीहरुले केसम्म गर्छन् भने….. वंश विनाश गरिदिए वीरेन्द्रको । राजा जस्तोको वंश विनाश गरे । कति निर्मम हुँदोरहेछ सत्ताको लडाइँ…. आफ्नैले आफ्नैलाई, आफ्नै पुजनीयलाई आफैंले हत्या गरेर ….. दोष थोपरिदिने फेरि उसकै छोराका टाउकोमा । जो मारिएको छ उसकै टाउकोमा …. सप्पैलाई मार्यो, यताबाट लगेर गोली हान्यो रे क्या …. चलायो दाहिने हातले, तर यतापट्टि लगेर (हातले देखाउँदै) बडो अप्ठेरोसँग हानेछ । यस्ता आरोप लगाउँछन् राजनीतिमा ।’