धान निर्यातमा रुसको प्रतिबन्ध

२०८० साउन १३ गते १७:२५

काठमाडौं । रुसले धान निर्यात गर्न प्रतिबन्ध गरेको छ । देशमै खपत गर्न भन्दै रुसले निर्यात बन्द गरेको हो ।
रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार सन २०२३ को डिसेम्बर सम्मलाई निर्यात रोकिएको हो ।
रुसले बुधवार यस्तो सूचना जारी गरेको हो । यद्यपि प्रतिबन्ध रुसले बनाएको युरासियन इकोनोमिक जोनमा रहेका अर्मेनिया, काजकिस्तान, किर्गिस्तान र बेलारुसमा भने लागु नहुने बताइएको छ ।
रुस युक्रेन युद्ध भएसँगै रुसमाथि प्रतिबन्ध लाउने पश्चिमा देशको प्रतिकार गरेर रुसले अन्न निर्यात रोकेको चर्चा थालिएको छ । भारत ले पनि यस अगाडि सेतो बासमती बाहेकको धान निर्यातमा रोक लाएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर