कांग्रेसले भ्रष्टाचारीलाई संरक्षण गर्दैन, अदालतको फैसलापछि खाणबारे निर्णय हुन्छ: प्रकाशमान सिंह – Nepal Press

कांग्रेसले भ्रष्टाचारीलाई संरक्षण गर्दैन, अदालतको फैसलापछि खाणबारे निर्णय हुन्छ: प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवं पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै कारबाही गर्ने बताएका छन् ।

कसैमाथि आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको उनको भनाइ छ ।

कांग्रेस चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, ‘उहाँ (बालकृष्ण खाण)को मुद्दा अहिले अदालतमा विचाराधीन छ । मुद्दाको फैसला आएपछि मात्रै पार्टीले निर्णय गर्छ ।’

पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनले प्रस्ट पारे । ‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो’, उनले भने ।

कांग्रेस भ्रष्टाचारको संरक्षणमा नलाग्ने जिकिर गर्दै नेता सिंहले निष्पक्ष कानूनी राज्यको पक्षमा कांग्रेस रहेको बताए । आफ्ना पार्टीका नेतालाई पर्दा कानून लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रेस नरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर