विद्यार्थीलाई प्रधानमन्त्रीले भने- मंगलबार संघीय शिक्षा ऐन र त्रिवि सेवा आयोगको अध्यक्ष पाउनुहुन्छ (भिडिओ)
नेपाल प्रेस
२०८० साउन १४ गते १४:०७
काठमाडौं । सरकारले संघीय शिक्षा ऐन पारित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ऐन पारित गर्न लागेको बताए ।
उनले भने, ‘म प्रधानमन्त्रीको हैसियतले तपाईंहरुलाई भन्दैछु मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलो पटक संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाइँदैछ । यसले शिक्षा क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्न ठूलो तागत राख्छ ।’
उनले मंगलबारसम्म त्रिवि सेवा आयोगले पनि अध्यक्ष पाउने बताए ।
प्रतिक्रिया