सहकारीले रूवायाे- पुराना दुई अभिनेत्री रिले अनसनमा
काठमाडौं । काठमाडौंको माइतीघरमा दुई महिनादेखि सहकारी पीडितहरु धर्नामा छन् । सरकारले यस विषयमा हालसम्म कुनै ठोस कदम चालेको छैन ।
यसैबीच कलाकार बसुन्धारा भुसालदेखि चैत्यदेवी पनि सहकारीबाट हैरान भएर माइतीघर धर्ना दिन पुगेका छन् ।
सिभिल सहकारीले आफूहरुसहित १४ जनाको २ करोड ६० लाख रुपैयाँ बचत फिर्ता नगरेको भन्दै उनीहरु धर्ना दिन पुगेका हुन् । धर्नामा रहेकी बसुन्धारा भुसाल भन्छिन्, ‘हामी तीन वर्ष भइसक्यो रुँदै कराउदै हिँडेको । इच्छाराम तामाङको विश्वास भएर सिभिल सहरकारीमा लगानी गरेका थियौ । लाखौं करोडौंको व्यवसाय भएको हुनाले हामीले विश्वास गरेका थियौं ।’
बसुन्धराका अनुसार उनको परिवारका १४ जना सदस्यको साढे दुई करोड रुपैयाँ फँसेको छ । उनले सञ्चालकहरुको सम्पत्ति जफत गरेर पिडितहरुलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरिन् । सहकारीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदा आफूलाई विभिन्न किसिमले धाकधम्की आउन थालेको पनि भुषालको गुनासो छ ।
अर्की कलाकार चैत्यदेवी बिरामी अवस्थामा नै रिले अनसनमा सहभागी भएकी थिइन् । उनले आफ्नो भएभरको सबै पैसा डुबेको बताइन् । दुई अभिनेत्रीहरुको रिले अनसनमा कलाकार संघका महासचिव अभिनेता सविन श्रेष्ठ पनि साथ दिन आएका थिए । उनले राज्यबाट सम्मान पाउनेपर्ने दिग्गज कलाकारहरु नै न्यायका लागि यसरी सडकमा उत्रिनु दुखद अवस्था भएको बताए ।
‘हामीले वर्षैदेखि दु्ःख गरेर कमाएको बचतले आफ्नो कार्यक्रम चलाउने गर्थ्यौं । अहिले हामीले यसरी रोइ कराई गर्दापनि सरकारले केही गर्न सकेको छैन । आएर जाने मात्रै काम भयो तर, कुनै निकाशा निकाल्न सकेको छैन’, उनले भनिन् ।
सहकारीका मालिकहरुसंग प्रशस्त सम्पत्ति रहेको छ किन जफत गर्न सकिरहेको छैन ? सरकारले सहकारीका मालिकहरुसँग भएको सम्पत्ति बचेर सबैको पैसा फिर्ता गर्नुपर्यो ।’
देशका हरेका कुना कुनाबाट पीडितहरु राजधानीमा आउने क्रम रोकिएको छैन । माइतीघरमा दुई सयभन्दा बढी सहकारीबाट पीडित भएका बभतकर्ताहरु निरन्तर धर्नामा छन् ।
चैत्यदेवी पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ की नायिका हुन् । बसुन्धरा नेपाली चलचित्रकी पहिलो महिला हाँस्य कलाकारका रुपमा चिनिन्छिन् ।
सरकाका मन्त्री र नेताले नै खाएका छन् सिभिलको पैसा । के जफत गर्थे यिनले ?