संविधानमा भएका कमीकजोरीलाई सच्याउँदै अघि बढ्नुपर्छ: देउवा
नेपाल प्रेस
२०८० साउन १५ गते १७:१७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको आवश्यकता राष्ट्रिय एकताको भएको बताएका छन् ।
नुवाकोट कांग्रेसको खीर खाने र चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले संविधानमा भएका कमीकजोरीलाई सच्याउँदै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘अहिले नै नभए पनि भोलिका दिनमा आवश्यकताअनुसार हुनसक्छ । अहिलेको महत्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो । राष्ट्रको सार्वभौम सत्ता हो । राष्ट्रिय एकतालाई स्थायी गराउने हाम्रो कर्तव्य हो ।’
प्रतिक्रिया