नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जनाबाट ४५ लाख उठाएर बेपत्ता वर्मा प्रहरी नियन्त्रणमा
नेपाल प्रेस
२०८० साउन १५ गते १७:३२
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जनाबाट करिब ४५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर स्थायी घर भई काठमाडौंको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिल वर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर