गोकुल बास्कोटाको प्रश्न- हामीले प्रचण्डकी जय, गठबन्धनकी जय भनेर बस्नुपर्ने हो ? (भिडिओ) – Nepal Press

गोकुल बास्कोटाको प्रश्न- हामीले प्रचण्डकी जय, गठबन्धनकी जय भनेर बस्नुपर्ने हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सुन प्रकरणमा छानबिन समिति गठनको लागि सरकारले भोलिसम्मको समय मागेको बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले छानबिन समिति गठन गरेपछि आवश्यक कारवाही गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले अविलम्ब त्यो विषयलाई गम्भिरतापूर्वक छानविन गर्नुपर्छ। त्यसबारे दोषी पत्ता लगाएर कारवाही गर्ने काम गर्नुपर्यो । खाली स्टण्टबाजी देखाएर यो गर्छु र त्यो गर्छु भन्ने यो फाइल खुल्छ त्यो फाइल खुल्छ भन्नुको अर्थ हुँदैन । पहिला खुलेका फाइलको टुंगो लगाउँन बाँकी अरु खोल्दै जाँउला ।’

प्रहरीले छानबिन गरिरहेको बेलामा फेरि तपाईंहरुले किन अर्को समिति गठनको माग गर्नुभयो? भन्ने प्रश्नमा उनले भने, ‘यो अपराध भो । त्यसो भए हामी हात बाँधेर बस्नु त ? केही नगरौं होइन त ? प्रचण्डजीकी जय भनेर बसौं हामी हो ? अनि गठबन्धनकी जय भनौं ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर