यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१।९० रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँमा कारोबार भएको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८९ पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसामा कारोबार गर्न सकिनेछ ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री भइरहँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ३४ पैसामा कारोबार गर्न सकिने छ ।
यसै गरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ र बिक्री दर ३५.१६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२५ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.४९ पैसा बिक्रीदर ४२९.४५ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएको छ ।