कोशीको मुख्यमन्त्री आफै बन्ने उद्धव थापाको दाबी (भिडिओ)
नेपाल प्रेस
२०८० साउन १६ गते १०:१४
विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका छन् ।
सभामुखले राजीनामा दिने र आजै आफ्नो नेतृत्वमा सरकारको नेतृत्वका लागि दाबी गर्ने उनले बताए ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले राप्रपा सरकारमा सहभागी नहुने बताए ।
उनले भने, ‘सत्ता गठबन्धनकै कोशीमा सरकार बन्छ ।’
अदालतले आफूलाई नै काम चलाऊ मुख्यमन्त्री मानेको उल्लेख गर्दै उनले आफूलाई लिन गाडी तयार भए पनि लिन नमानेको बताए ।
प्रतिक्रिया