कोशीमा बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने गठबन्धनको तयारी – Nepal Press

कोशीमा बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने गठबन्धनको तयारी

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् । गठबन्धनबाट संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्नको लागि संख्या नपुगेपछि सभामुखले राजीनामा दिन लागेका हुन् ।

सभामुखको हस्ताक्षरसहित गणना गरेर यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले नयाँ सरकार बनाउन गठबन्धनले सभामुखलाई राजीनामा गराउन लागेको हो ।

सभामुखले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयमै आज मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी भइरहेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए । उनले फेरि आफैं मुख्यमन्त्री बन्ने दाबी गरे ।

उनले भने, ‘सभामुखले आजै राजीनामा दिनुहुन्छ । त्यसलगत्तै मेरो नेतृत्वमै हामीले गठबन्धनबाट दाबी गछौं ।’

राप्रपाले सहयोग गर्न नमानेपछि गठबन्धनमा सभामुखलाई राजीनामा गराउने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कोशी प्रदेशका नेताहरूको बैठकमा राप्रपाले नमाने सभामुखलाई राजीनामा गराउने सहमति बनेको थियो ।

यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद हुन्छन् । त्यसैले सभामुखलाई राजीनामा गराएर मात्रै सरकार गठनको लागि आवश्यक ४७ सांसद पुग्छ । यहाँ विपक्षी एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद् छन् ।


प्रतिक्रिया

One thought on “कोशीमा बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने गठबन्धनको तयारी

  1. यी लाज नभएका दिल्लीका दलालहरूले जे पनि गर्ने भए । मुल्यको राजनीति पनि यिनै दलालहरू भन्छन फेरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर