नक्कली शरणार्थी प्रकरण- जिल्लाको आदेशविरुद्ध उच्च पुगे खाण, रायमाझीसहितका प्रतिवादी
नेपाल प्रेस
२०८० साउन १६ गते १२:१९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् ।
उच्च अदालत पाटनमा उनीहरूले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गरेका छन् । जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले पनि पुनरावेदन गरेका छन् ।
यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर