यो वर्ष सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने, कुन महिना कति उठाउँदै छ ? – Nepal Press

यो वर्ष सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने, कुन महिना कति उठाउँदै छ ?

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (२०८०/८१) २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणको उठाउने लक्ष्य बजेटमार्फत लिएको छ ।

सोही लक्ष्य अनुसार ऋण उठाउने तालिका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा (साउनदेखि असोज मसान्तसम्म) सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।

यस्तै दोस्रो त्रैमासमा (कात्तिकदेखि पुस मसान्तसम्म) पनि ५५ अर्ब उठाउने सरकारको योजना छ । तेस्रो त्रैमासमा (माघ देखि चैत मसान्तसम्म) ५३ अर्ब र चौथो त्रैमासमा (वैशाखदेखि असार मसान्तसम्म) ७७ अर्ब रुपैयाँ उठाउने सरकारको योजना छ ।

यी ऋण ट्रेजरी विल, विकास ऋणपत्र, ५ वर्षे नागरिक बचत पत्र र ५ वर्षे वैदेशिक रोजगार बचत पत्र मार्फत उठाइनेछ ।

केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने कार्य तालिका मङ्गलवार सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर