नेपाली कांग्रेस संसदीय दल कोशीको बैठक सुरु – Nepal Press

नेपाली कांग्रेस संसदीय दल कोशीको बैठक सुरु

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।

कोशी प्रदेश सभामा रहेको नेपाली कांग्रेस दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा सरकार गठनका लागि दाबी पेस गर्ने विषयमा छलफल हुने छ ।

कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अन्तरगत रहेर सरकार गठनको दाबी पेस गर्न दिएको समयावधि आजै ५ बजे सकिँदै छ ।

समय सकिनु अगाडि नै दाबी पेस गर्ने विषयमा छलफल भइरहेको नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

सत्ता गठबन्धनले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ ।

मुख्यमन्त्रीको रूपमा सत्ता गठबन्धन दल मध्येको एक माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरेको थियो । तर शीर्ष नेताहरूका बिचमा काँग्रेसलाई नै मुख्यमन्त्री दिने सहमति भएको छ ।

मुख्यमन्त्री कांग्रेसको भागमा परेपछि उद्धव थापा सरकार गठनका लागि दाबी पेस गर्न जाने राईले बताए ।

तर सरकार गठनका लागि अझै सत्ता गठबन्धनमा बहुमत पुगिसकेको छैन । सभामुख बाबुराम गौतमले अहिले सम्म राजीनामा नदिएका कारण सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख समक्ष जान सकेका छैनन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता थापाले गौतमको राजीनामा आउने बताए । कोशी प्रदेशमा सत्ता गठबन्धनसँग सभामुख बाहेक ४६ सदस्य मात्रै रहेका छन् ।

सभामुख पनि सत्ता गठबन्धनकै एक दल माओवादीबाट निर्वाचित भएका कारण उनलाई राजीनामा गराएर सरकार गठनका लागि बहुमत पुर्‍याउने तयारी छ ।

सभामुखले अहिले सम्म राजीनामा भने बुझाएका छैनन् ।

संसद् नियमावली अनुसार सभामुखले उप सभामुखलाई सम्बोधन गरेर राजीनामा दिनु पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर