देश बनाउने कुरामा हामी इमानदार बन्न सकेनौं: माधव नेपाल (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश बनाउने कुरामा कोही पनि बन्नुपर्ने जति इमानदार बन्न नसकेको बताएका छन् ।
अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा धेरै समस्याहरु भएको बताए ।
उनले भने, ‘त्यो समस्यामध्ये पहिलो भनेको हामी बन्नुपर्ने जति इमानदार बन्न सकेका छैनौं । हामी देश बनाउने भावनाले ओतप्रोत भइसकेका छैनौं । हामी आफूलाई मात्रै केन्द्रविन्दुमा राख्ने गरेका छौं । देश र जनतालाई केन्द्रविन्दुमा राख्न सकेका छैनौं । देश र नेपाली स्वतन्त्रतामा आँच आयो भने त्यो स्वीकार्य हुँदैन ।’
उनले धेरै ठूलो मेहनत गरेर बनाएको संविधानले धेरै अधिकार दिएको बताए । संविधानमा लेखिएको कुनै कुरामा कमी नभए पनि कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।
दलाललाइ पनि यस्तो महसुस हुनु त राम्रै भयो नि