विराटनगर झरेपछि सभामुख गौतमले भने- उपसभामुखसमक्ष राजीनामा दिन्छु
नेपाल प्रेस
२०८० साउन १६ गते १६:१८
विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिन लागेको बताएका छन् ।
काठमाडौंमा रहेका गौतम अहिले विराटनगर आइपुगेका छन् ।
गौतमले आफू भर्खरै विराटनगर विमानस्थल आइपुगेको जानकारी दिँदै भने, ‘अब यहाँबाट प्रदेशसभा सचिवालय गएर राजीनामा दिन्छु ।’
उनले सीधै प्रदेशसभामा गएर उपसभामुखलाई सम्बोधन गरेर राजीनामा बुझाउने बताए ।
प्रदेश प्रमुखले सरकारको नेतृत्वका लागि दाबीका गर्न दिएको समय सीमा एक घण्टामात्र छ । गठबन्धनका नेताहरू सभामुखबिना बहुमत नपुग्ने भएकाले उनलाई राजीनामा गराउन कुरेर बसेका छन् ।
प्रतिक्रिया