पोखरा महानगरले स्वास्थ्य महाशाखालाई भन्यो- काजका कर्मचारीलाई हाजिर नगराउनू – Nepal Press

पोखरा महानगरले स्वास्थ्य महाशाखालाई भन्यो- काजका कर्मचारीलाई हाजिर नगराउनू

पोखरा । पोखरा महानगरपालिकाले अन्यत्र दरबन्दी भएका स्वास्थ्यकर्मीलाई हाजिर नगराउन स्वास्थ्य महाशाखालाई निर्देशन दिएको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगर बाहेक अन्यत्र स्थानमा समायोजन भई महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमा रहेका कर्मचारीहरूलाई काज फिर्ता गर्ने निर्णय भइसकेकाले हाजिर नगराउन निर्देशन दिएको हो ।

असार २८ गतेको नगर कार्यपालिकाको कार्यालयले काज फिर्ता तथा सम्बन्धित स्थानमा हाजिर हुन पठाउने निर्णय गरेको थियो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत ५७ स्वास्थ्यकर्मीको दरबन्दी अन्य ठाउँमा छ ।

अन्यत्र दरबन्दी भई पोखरा महानगरमा कार्यरत छन् । तर, उनीहरू अहिलेसम्म पनि महानगरमै हाजिर गरिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर