विधानअनुसार ३५ प्रतिशत संख्या पुर्‍याउन माओवादीले २२ जना केन्द्रीय सदस्य थप्ने – Nepal Press

विधानअनुसार ३५ प्रतिशत संख्या पुर्‍याउन माओवादीले २२ जना केन्द्रीय सदस्य थप्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी सदस्य थप गर्ने भएको छ। बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २२ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो। अहिले माओवादीमा ३८५ जना केन्द्रीय सदस्य छन्।

पार्टीको विधान अनुसार ३५ प्रतिशत महिला नभएपछि वैकल्पिक सदस्यमा रहेका २२ जनालाई पूर्ण सदस्य बनाउन लागेको सचिव डिलाराम आचार्यले बताए।

उनले भने, ‘पार्टीको विधान अनुसार महिला केन्द्रीय सदस्य पुरा नभएपछि वैकल्पिकलाई पूर्ण सदस्य बनाउने निर्णय गरेका हौं।’

आजदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा विधान संशोधन गर्ने तयारी छ।

आजबाट ५ दिनसम्म प्रज्ञा भवन कमलादीमा चल्ने बैठकमा बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी हुँदैछन्।

बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर