प्रचण्डको ब्रिफिङ- सफाइ अभियान चलाइएको छ, सरकार छाड्नु परे अफसोस हुन्न – Nepal Press

प्रचण्डको ब्रिफिङ- सफाइ अभियान चलाइएको छ, सरकार छाड्नु परे अफसोस हुन्न

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो काम गरिरहेको अवस्थामा सरकार छाड्नुपरे तयार रहेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन पेस गर्दै उनले सरकारले सफाइ अभियान चलाइरहेको बताए ।

उनले भने, ‘भ्रष्टाचारविरोधी सफाइ अभियान चलाएको छ । देश र जनताको पक्षमा काम गर्दा सरकार छाड्नुपर्छ भने हामीलाई कुनै अफसोस हुन्न ।’

अहिले गठबन्धन र समाजवादी मोर्चा जोगाएर अघि बढ्नु पार्टीको कर्तव्य भएको प्रचण्डको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “प्रचण्डको ब्रिफिङ- सफाइ अभियान चलाइएको छ, सरकार छाड्नु परे अफसोस हुन्न

  1. के सफाइ अभियान चलायौ ? मुख्य तस्कर, भ्रष्टाचारी अनैतिक सबै माओवादी मै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर