सम्भावित विपद्को उद्धार तथा राहतमा चनाखो रहन सुदूरपश्चिमका मुख्यमन्त्री शाहको निर्देशन – Nepal Press

सम्भावित विपद्को उद्धार तथा राहतमा चनाखो रहन सुदूरपश्चिमका मुख्यमन्त्री शाहको निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सम्भावित विपदको उद्धार तथा राहतमा चनाखो रहन विभिन्न निकायलाई निर्देशन दिएका छन् ।

आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा मुख्यमन्त्री शाहले विपद् जोखिम प्रतिकार्य तथा पूर्व तयारी एवम् भइपरि आउने विपद्को उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिएका हुन् ।

उक्त बैठकमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना २०८० र लम्पी स्किन रोग नियन्त्रणको कार्य योजना २०८० सम्बन्धी छलफल भएको छ ।

बैठकमा मुख्यमन्त्री शाह सहित प्रदेशका मुख्य सचिव, सचिव, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रदेशस्थित प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *