प्रचण्डद्वारा साढे ७ लाख कार्यकर्ताको आँकडा पेश, भदौदेखि ‘जनतासँग पार्टी’ अभियान – Nepal Press

प्रचण्डद्वारा साढे ७ लाख कार्यकर्ताको आँकडा पेश, भदौदेखि ‘जनतासँग पार्टी’ अभियान

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग पार्टी’ अभियान चलाउने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठानिक प्रतिवेदन पेश गर्दै भदौदेखि कात्तिकसम्म तीन महिने अभियान चलाउने प्रस्ताव गरेका छन् ।

अभियानमा जनताको गुनासो र सुझावलाई ल्याएर मंसिरमा पार्टी सुदृढ गर्नको लागि विधान सम्मेलन गर्ने माओवादीको तयारी छ । जनतासँग गरेको बाचाअनुसार सरकार र पार्टीले गरेको कामलाई लिएर अभियानमा हरेक नेता कार्यकर्ताले जनताको घरदैलोमा पुग्नुपर्ने प्रस्ताव प्रचण्डको छ ।

पार्टीलाई सुदृढ गर्ने, विधि सम्वत् सञ्चालन गर्नेबारे पार्टीले महत्वपूर्ण निर्णय लिने उपमहासचिव वर्षमान पुनले बताए ।

उनले भने, ‘जनतासँग हामीले हामीले गरेका काम र अहिले बाचाअनुसार सरकारले गरेको काम लिएर जनमत सुदृढ गर्ने हामी केन्द्रित हुन्छौं । हामी जनताको जीवनसँग जोडिएको विषयमा केन्द्रित हुन्छ । सुशासन, समृद्धि र सामाजिक न्यायको कुराहरूलाई कार्यक्रमको रूप दिएर सरकार अघि बढेको छ पार्टीले पनि साथ दिन्छ । यही कुरालाई पनि लिएर जनताकहाँ लिएर जान्छौं ।’

यस्तै, बैठकमा प्रचण्डले ७ लाख ५२ हजार ९५६ कार्यकर्ताको आँकडा पेश गरेका छन् ।

प्रतिवेदनमा कोशीमा ९९ हजार ६०१, मधेशमा १ लाख १६ हजार ९७५, बागमतीमा १ लाख ४७ हजार ३५३, गण्डकीमा ६६ हजार ६८७, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको उल्लेख छ ।

विधानसम्वत् बनाउनको लागि २२ जना महिला केन्द्रीय समितिमा थप्ने, फागुनसम्ममा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर