माओवादी बैठक- प्रचण्डको प्रतिवेदन नबाँडी छलफल सुरू
नेपाल प्रेस
२०८० साउन १७ गते १७:१७
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा १८ जनाले आफ्नो धारणा राखेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक र सांगठानिक प्रतिवेदनमाथि नेताहरुले बैठकमा आ-आफ्नो धारणा राखेका हुन् ।
बैठकमा अध्यक्षले प्रतिवेदन पेश गरिएको भएपनि नेताहरूलाई बाँडिएको छैन । भोलि बिहान ११ बजे बस्ने गरी आजको लागि बैठक सकिएको छ । प्रचण्डले भदौदेखि तीन महिने ‘जनतासँग पार्टी’ अभियानदेखि पार्टी सुदृण बनाउनेबारे प्रस्ताव अघि सारेका छन् ।
प्रतिक्रिया