बागमतीमा डेंगुको उच्च जोखिम, साउनको १५ दिनमा ६०० जनामा संक्रमण – Nepal Press

बागमतीमा डेंगुको उच्च जोखिम, साउनको १५ दिनमा ६०० जनामा संक्रमण

हेटौँडा । बागमती प्रदेशमा लामखुट्टेको टोकाईबाट हुने डेंगुको जोखिम बढेको छ । साउन १ बाट १५ गतेसम्म बागमतीको १३ मध्य ८ जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको हो । बागमतीमा सबैभन्दा धेरै संक्रमण धादिङ जिल्लामा रहेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार साउन सुरुभएसपछि धादिङमा ४३८, काठमाडौँमा १२२, भक्तपुरमा आठ, ललितपुर र मकवानपुरमा नौ नौ, नुवाकोटमा पाँच, चितवनमा आठ र सिन्धुपाल्चोकमा एक जनालाई डेङ्गु सङक्रमण भएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। रविन भुसालका अनुसार यो दर तिब्र गतिमा बढने जोखिम देखिएको छ । गत वर्ष पनि बागमती प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग सङक्रमण भएको थियो ।

बागमती प्रदेशमा जनसंख्या अधिक रहेको, सहरी क्षेत्रहरुपनि धेरै रहेको कारण संक्रमणको दर उच्च हुने जोखिम रहेको मन्त्रालयको भनाई रहेको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग सङक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको उनले बताए ।

मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको र वर्षामा पानी जम्ने स्थानमा सरसफाइ गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको उनको भनाई रहेको छ ।

सफा पानीमा ७ दिनमा आफ्नो चक्र पुरा गर्ने लार्भालाई नष्ट गर्नुनै डेंगुको महामारिबाट बच्ने सबैभन्दा उत्तम उपाए भएको कारण सबै नागरिले आफ्नो घर वरपर रहेको पानी जमेको स्थानलाई पुर्ने, गमला या अन्य भाडाँकुडामा रहेको पानीलाई खन्याउने काम गर्नको लागि मन्त्रालयले अनुरोध गरेको छ ।

यो पटक महामारिको उपचारको लागि प्रदेशको १३ जिल्लामानै थप बेडको ब्यवस्थापन सहितको कार्यहरु गरिएको मन्त्रालयको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर