हिक्मतले दिए उद्धव थापालाई बधाई, प्रदेश प्रमुखले संविधान मिचेकोमा दुःख व्यक्त – Nepal Press

हिक्मतले दिए उद्धव थापालाई बधाई, प्रदेश प्रमुखले संविधान मिचेकोमा दुःख व्यक्त

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले भने- छोटो अवधिमा ८५ प्रतिशत विकास खर्चको प्रगति गर्न सफल भइयो, सबै दलको सहभागितामा प्रदेशको नामकरण भयो

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले आफू नेतृत्वको सरकारले छोटो अवधिमा वित्तीय तथा भौतिक विकासको प्रगतिमा उल्लेख्य काम गर्न सफल भएको बताएका छन् ।

कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुँजीगत खर्चतर्फ करिब ८५ प्रतिशतको प्रगति हासिल भएको दाबी गरेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश सभामा उपस्थित एउटा बाहेक सबै दलहरूको समर्थनमा प्रदेशको नामकरण गर्न सकिएको बताएका छन् ।

कार्कीले प्रदेश संरचनाबारे जनतामा रहेको नकारात्मक भ्रम चिर्नका लागि प्रदेशका मन्त्रालय १३ बाट घटाएर आफूले ९ मा सीमित गरेकोले जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् ।

उनले प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान मिचेको दुःख व्यक्त गर्दै उद्धव थापाको नेतृत्वमा पछिल्लो पटक बनेको सरकारलाई बधाई दिएका छन् ।

उनले आफ्नो पालामा सरकार सञ्चालनमा सघाउने सबैलाई धन्यवाद समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर