सार्वजनिक यातायातको भाडा नबढ्ने – Nepal Press

सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौं । सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपनि भाडा भने पुरानै रहने भएको छ ।

गत मंगलबार निगमले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा भने नबढाइने भएको हो ।

नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।

निगमले मूल्य वृद्धि गरेपनि भाडा भने पुरानो नै रहने यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले बताए ।

उनले भने, ‘अहिले सार्वजनकि यातायातको भाडा वृद्धि हुदैन । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत घटे वा वृद्धि भएमा मात्रै भाडा वृद्धि हुने व्यवस्था रहेको छ । अहिले ५ प्रतिशत मूल्य वृद्धि भएको होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर