शहीदको विवरण तीन दिनभित्र प्रमाणित गरी पठाउन गृह मन्त्रालयको सीडीओलाई परिपत्र – Nepal Press

शहीदको विवरण तीन दिनभित्र प्रमाणित गरी पठाउन गृह मन्त्रालयको सीडीओलाई परिपत्र

काठमाडौं । गृह मन्त्रालयले शहीदको विवरण प्रमाणित गरी पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयको शान्ति सुरक्षा, तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै शहीदको विवरण पुनः रुजु, एकिन र प्रमाणित गरी पठाउन निर्देशन दिएको हो ।

मन्त्रालयले जिल्लाबाट प्राप्त सहिदको विवरण राजपत्रमा प्रकाशन गर्ने ढाँचामा पठाएर उक्त विवरण पछिसम्म फरक नपर्ने गरी पुनः रुजु, एकिन गरी आवश्यक भए संशोधनसहित प्रमाणित गरेर तीन दिन पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवम सहसचिव नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार थप सहिद छुटेको भए तोकिएको ढाँचामा पठाउन पनि निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर