नेकपा एसको सचिवालय बैठक जारी – Nepal Press

नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी सचिवालय बैठकका मुख्य एजेण्डा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा तयारी, समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीतिमा केन्द्रित हुने पार्टीले जनाएको छ ।

नेकपा एसको स्थायी कमिटीको बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा डाकिएको छ । पोलिटब्युरो भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ भने केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा निर्धारित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर