पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय
नेपाल प्रेस
२०८० साउन २० गते १४:३५
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
उनलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको हो ।
न्यायाधीशले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।
खान २०१८ मा निर्वाचित भएका थिए । तर गतवर्ष उनले विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।
प्रतिक्रिया