अनेरास्ववियु अर्घाखाँचीको अध्यक्षमा रामचन्द्र श्रेष्ठ

२०८० साउन २० गते १७:५१

रुपन्देही । अनेरास्ववियु अर्घाखाँचीको विस्तारित भेलाबाट जिल्ला अध्यक्षमा रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।
भेलाले उपाध्यक्ष बिराज मुखिया सचिव कमल भट्टराई सहसचिव सन्तोष भट्टराई, झरना केसी, कोषाध्यक्ष गणेश खत्रीलाई चयन गरेको हो ।
भेलामा अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज प्रदीप नेपाली, जिल्ला पार्टी अध्यक्ष पिताम्वर भुसाल , अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा अर्घाखाँची इन्चार्ज सीमा घिमिरे, लुम्बिनी प्रदेश सहसंयोजक नारायण भुसाल, बिराज मुखियालगायत सहभागी थिए ।
प्रतिक्रिया