कपिलवस्तुमा वडा सदस्यको मृत्यु – Nepal Press

कपिलवस्तुमा वडा सदस्यको मृत्यु

रुपन्देही । कपिलवस्तु मायादेवी गाउँ पालिका वडा नं ४ का वडा सदस्य हजारिलाल यादवको उपचारका क्रममा मृत्यु भएको छ ।

टीभीको बिरामी भएका ७० वर्षीय यादवको उपचारका क्रममा मृत्यु भएको सो वडाका वडाध्यक्ष अस्फाक अहमद मुलसमानले जानकारी दिए ।

बिरामी हुनुहुन्थ्यो, टिबीको समस्या थियो, उपचारकै क्रममा बित्नुभयो, मुसलमानले भने ।

दक्षिणी क्षेत्रमा लामो समयदेखि सामाजिक क्षेत्रमा खटिने यादवको निधनले समाजमा अपूरणीय क्षति भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर