पहिरोको कारण हेटौँडा-काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध
नेपाल प्रेस
२०८० साउन २१ गते १०:४५
हेटौँडा । पहिरोको कारण हेटौँडा-काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ ।
आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर