राजनीतिबाट विश्राम लिन झलनाथलाई नेकपा एसनिकट अखिलका अध्यक्ष पराजुलीको आग्रह – Nepal Press

राजनीतिबाट विश्राम लिन झलनाथलाई नेकपा एसनिकट अखिलका अध्यक्ष पराजुलीको आग्रह

खनालको फरक मतप्रति सुदेशको टिप्पणी- उहिले जबजलाई दक्ष प्रजापतिको टाउको भन्यौ, अहिले आफैँले निर्माण गरेको पार्टीमा रावणको टाउको देख्न थाल्यौ

काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थापनाको २ वर्ष नपुग्दै वैचारिक राजनीतिक विवाद सतहमा प्रकट भएको छ । सम्मानित नेता झलनाथ खनालले जारी स्थायी कमिटी बैठकमा लिखित फरक मत राखेलगत्तै उनीमाथि नै माधव नेपालनिकट नेताले प्रश्न उठाएका छन् ।

नेकपा एसनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पहिले ‘जबज’लाई दक्ष प्रजापतिको टाउको देख्नेले अहिले आफैैंले निर्माण गरेको पार्टीलाई रावणको टाउको देख्न थालेको भन्दै खनालमाथि कटाक्ष गरेका छन् ।
बैठक चलिरहेका बेला पराजुलीले खनालप्रति लक्षित गर्दै सामाजिक संजालबाटै जवाफ दिएका छन् । उनले सम्मानमाथि सम्मान पाइरहेको भन्दै खनाललाई अब राजनीतबिाट विश्राम लिन आग्रह गरेका छन् ।

पराजुली भन्छन्, ‘समयको माग के छ, सम्मानमाथि सम्मान छ । साथै राजनितिमा अब विश्राम लिनुहोस् । जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला जनताको आदेशलाई । समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनु होस् । राजनितिमा पद प्राप्ति मात्र हो भन्ने खाल्को भाष्य निर्माण हुदैछ यस्को गतिलो जवाफ अब तपाईँले दिनुहोस् । पराजुलीले खनालका बेलाबेलाका दस्तावेजका कारण उनलाई के भइरहेको छ भन्ने प्रश्न उठ्न थालेको भन्दै मुल नेतृत्वप्रतिको अविश्वास र फरक देखिने प्रवृतिले उनको सम्मान र मर्यादा ओरालो लागेको बताएका छन् ।


प्रतिक्रिया

One thought on “राजनीतिबाट विश्राम लिन झलनाथलाई नेकपा एसनिकट अखिलका अध्यक्ष पराजुलीको आग्रह

  1. अनि मालिक माधवलाई चाहिँ निकाल्नु पर्दैन ? माधवको झोले बन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर