यथास्थितिमा शिक्षा विधेयक पारित गरिए कडा मूल्य चुकाउनुपर्ने थारु समुदायको चेतावनी (भिडिओ) – Nepal Press

यथास्थितिमा शिक्षा विधेयक पारित गरिए कडा मूल्य चुकाउनुपर्ने थारु समुदायको चेतावनी (भिडिओ)

काठमाडौं । शिक्षा विधेयकलाई लिएर थारु समुदायले आपत्ति जनाएको छ ।

संघीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकले मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय र थारुलाई २२ प्रतिशत आरक्षणको व्यवस्था गरी तराई मधेशका नाममा सुनियोजित रूपले थारुहरूको अस्तित्व, पहिचान र अधिकार समाप्त गर्न खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त शिक्षा विधेयक थारु समुदायका लागि स्वीकार्य नभएको बताए । यथास्थितिमा शिक्षा विधेयक पारित गर्न खोजेमा सरकाले कडा मूल्य चुकाउनुपर्ने उनीहरूको चेतावनी छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक श्रवण चौधरीले राज्यले थारु समुदायमाथि पटक-पटक शोषण गरेको आरोप लगाउँदै अहिले पनि शिक्षा विधेयकमा पनि थारुहरुलाई राज्यले दमन गर्न खोजेको गुनासो गरे । तराईमा रहेको मधेशी, थारु, मुस्लिम, दलितलाई २२ प्रतिशतले मात्रै नपुग्ने उनको जिकिर थियो ।

पूर्वसांसद गंगा सत्गौवा थारुले संविधानले थारु कलास्टरमा पहिचान दिएपछि पनि थारुहरुको पहिचान र आउने सन्ततिहरूको अधिकारमाथि खेलवाड भइरहेको बताइन् । कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले संविधानको भावनाविपरीत शिक्षा ऐन ल्याउन लागिएको बताउँदै उक्त शिक्षा ऐन मन्त्रिपरिषद्ले फिर्ता नलिएको खण्डमा अप्ठ्यारो पर्ने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर