शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्रीलाई एमालेको आग्रह- डराउनुपर्ने कारण छैन, अनावश्यक अडान नलिनू – Nepal Press

शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्रीलाई एमालेको आग्रह- डराउनुपर्ने कारण छैन, अनावश्यक अडान नलिनू

काठमाडौैं । नेकपा एमालेका सचेतक महेश बर्तौँलाले सुन प्रकरणमा सरकार उच्चस्तरीय छानबिन समिति गठन नगर्ने भनेर अनावश्यक अडान नलिन सरकारलाई आग्रह गरेको छ ।

उनले सदनको अवरोध हटाउने विषयामा तीन ठूला दलको शीर्ष नेताहरुबीचको छलफलपछि उनले यो समिति सत्तापक्ष प्रतिपक्ष र सिंगो देशको लागि आवश्यक विषय भएको बताए ।

उनले भने, ‘यसमा सरकारले अनावश्यक अडान नलिँदा राम्रो हुन्छ । राज्यका संयन्त्रलाई साथ लिएर अनुसन्धानलाई प्रभावकारी बनाएर जरैसम्म पुगौं । डराउनुपर्ने कारण छैन। तस्करलाई कानूनको कठघरामा ल्याउने सरकारको अभियान हो भने हाम्रो माग पनि तपाईंहरुलाई सहयोग हुने खालको छ ।’


प्रतिक्रिया

One thought on “शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्रीलाई एमालेको आग्रह- डराउनुपर्ने कारण छैन, अनावश्यक अडान नलिनू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर