आँखा पाक्ने रोग बढेपछि सुनवलमा तीन दिन स्कूल बन्द – Nepal Press

आँखा पाक्ने रोग बढेपछि सुनवलमा तीन दिन स्कूल बन्द

रुपन्देही । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आँखा पाक्ने रोग बढ्दै गएपछि तीन दिनको लागि विद्यालय बन्द गरेको छ ।

विद्यालय पढ्न जाने बालबालिकामा आँखामा संक्रमण बढी भएको पाइएपछि नगरपालिकाले मंगलबारदेखि तीन दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोतामेले वर्षे विदामा मिलान गर्ने गरी जोखिमलाई मध्यनजर गरेर तीन दिन विद्यालय बन्द गरिएको जानकारी दिए । यसअघि आइतबार प्रतापपुर गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जिल्लाका सातै पालिकामा आँखा पाक्ने रोग प्रकोपको रुपमा फैलिएको छ ।

विद्यालयमा बढी भिडभाड हुने भएकाले बालबालिका संक्रमणको बढी जोखिममा छन् । मुख्य बजार र भिडभाड बढी हुने ठाउँमा एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले समयमा सर्तक रहन र आँखामा समस्या देखिए तत्काल आँखा अस्पतालमा पुग्न स्वाथ्यकर्मीले आग्रह गरेका छन् ।

पहिले तराई क्षेत्रमा भाइरल जस्तै देखिएको यो संक्रमण बिस्तारै सबैतिर फैलन थालेको छ । विशेषगरी विद्यालय तहका विद्यार्थीहरु बढी संक्रमण भएको र उनीहरुमार्फत घरघरमा पुगेको स्वास्थ्यकर्मीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *