स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा – Nepal Press

स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा

काठमाडौं । स्काईवर्थले विएम्डब्लुसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

मंगलबार केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विएम्डब्लुसँग सहकार्यमा बीएम सिरिज नेपाली बजारमा ल्याउन सम्झौता भएको हो ।

सहकार्यसँगै स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुको आकर्षक डिजाइन हुनेछ । त्यस्तै, बिएम्डब्लु डिजाइन कन्सेप्टको सहकार्यमा स्काईवर्थका नयाँ घरायसी उपकरणहरु हेर्नमा पनि अत्यन्तै आकर्षक देखिन्छन् ।

स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ । नयाँ बिएम सिरिज मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।

सहकार्यलाई उत्साहका साथ लिदै कम्पनी प्रवक्ताले भने, ‘बिएमडब्लुको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो । हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरूले यो सहकार्य मन पराउनुहुनेछ। अब घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज९सज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न सक्छन् । वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर