सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौडा रिसोर्टमा विशेष छुट – Nepal Press

सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौडा रिसोर्टमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई काठमाडौं स्थित हटपिज रेस्ट्रो र मकवानपुर स्थित रेगल हेटौडा रिसोटमा विशेष छुट पाइने भएको छ ।

बुधवार सिटिजन्स बैंकले पुतलीसडक, काठमाडौं स्थित हटपिज रेस्ट्रो र हेटौडा, मकवानपुर स्थित रेगल हेटौडा रिसोर्ट बीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो ।

साझेदारी अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौडा रिसोर्टमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा रहेको छ ।

बैंकले देशैभरि १८८ शाखा, १४७ ए।टि।एम। ३ विस्तारकाउन्टर र ९७ शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १६ लाख २५ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर