सर्लाहीमा युवकको काटिएको टाउको भेटियो, शरीर खोज्दै प्रहरी – Nepal Press

सर्लाहीमा युवकको काटिएको टाउको भेटियो, शरीर खोज्दै प्रहरी

जनकपुरधाम । सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ ।

हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

उनका अनुसार व्यक्तिको पहिचान खुलेको छैन । शरीरको खोजी गरिरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर