बजेट दिन नसक्ने आयोजना खारेज नगरे आन्दोलन अझै चर्काउने ठेकेदारहरूको चेतावनी (भिडिओ) – Nepal Press

बजेट दिन नसक्ने आयोजना खारेज नगरे आन्दोलन अझै चर्काउने ठेकेदारहरूको चेतावनी (भिडिओ)

अध्यक्ष सिंह भन्छन्- दलका नेतृत्वको गलत मनशायका कारण निर्माण हामी समस्यामा पर्‍यौं

काठमाडौं । निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनशायका कारण आफूहरूले समस्या भोग्नुपरेको भन्दै आज पनि विरोध गरेका छन् ।

उनीहरूले नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भेला भई संसद भवनअगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरूले बजेट दिन नसक्ने आयोजना खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटकपटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताए ।

सरकारले निर्माण ठेकेदारले काम गरेनन् भन्ने भ्रममात्रै सिर्जना गरेको उनको गुनासो थियो । उनले राजनीतिक नेतृत्वको गलत मनशायका कारण र कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको दबाबमा आएर आफू टिकिरहनका लागि गरेको अनावश्यक कुकर्मबाट निम्तिएको समस्या निर्माण व्यवसायीहरूले खेपिरहनुपरेको बताए । निर्माण व्यवसायीहरुलाई धराशायी बनाउने काम नगर्न सरकारलाई चेतावनीसमेत दिए ।

उनले भने, ‘सार्वजनिक खरिद नियमावलीको पटकपटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको छ । निर्माण व्यवसायीहरुलाई निर्माण व्यवसायीहरुले काम गरेनन् भन्ने भ्रममात्रै सिर्जना गरेको छ । वास्तविकता त्यो होइन । हामीले सबैलाई सुसूचित गर्नैपर्छ । राजनीतिक नेतृत्वको गलत मनशायका कारण र कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको दबाबमा आएर आफू टिकिरहनका लागि उहाँहरुको अनावश्यक दबाबलाई थेग्न नसकेर आफू पदमा बसिरहन टेण्डर आह्वान गरेको छ । निर्माण व्यवसायीहरुलाई धराशायी बनाउने काम नहोस् ।’

व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यवहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *