मन्त्रीको ‘हनिमुन’ मा सेतो कोट समारोह, डाक्टर र कर्मचारी अनिवार्य उपस्थित गराउन अस्पताललाई उर्दी – Nepal Press

मन्त्रीको ‘हनिमुन’ मा सेतो कोट समारोह, डाक्टर र कर्मचारी अनिवार्य उपस्थित गराउन अस्पताललाई उर्दी

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई औपचारिक पोशाकसहित अनिवार्य उपस्थित गराउन मन्त्रालयले अस्पताल प्रशासनहरूलाई निर्देशन गरेको खुलेको छ ।

मन्त्रीको ‘हनिमुन’ अवधि पूरा भएको उपलक्ष्यमा सेतो कोट दिवस कार्यक्रम आयोजना गरिएको छ । भोलि शुक्रबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन भएको भन्दै अस्पतालहरूले परिपत्र गरेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवा प्रवाहमा असर नपर्ने गरी एप्रोन तथा सरकारी पोशाकमा अनिवार्य उपस्थित हुन परिपत्र गरिएको हो । यस्तो प्रचलन पञ्चायतकालमा राजाको सवारीमा समेत नहुने कर्मचारीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर