फोटो-भिडिओ नखिच्न सप्तरी प्रशासनको उर्दीविरुद्ध पत्रकार आन्दोलित – Nepal Press

फोटो-भिडिओ नखिच्न सप्तरी प्रशासनको उर्दीविरुद्ध पत्रकार आन्दोलित

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको फोटो-भिडिओ नखिच्न भनेर बुधबार सार्वजनिक सूचना जारी गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन् ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवनकाश्यप अधिकारीले बुधबार सूचनामार्फत् विनाअनुमति प्रशासन कार्यालय परिसरको फोटो-भिडिओ खिची समाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राख्न नपाइने बताएका थिए ।

प्रशासनको उक्त सूचना संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीविरुद्ध भएको नेपाल पत्रकार महासंघ सप्तरीले ठहर गर्दे बिहीबारदेखि आन्दोलन सुरू गरेको हो । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडिबाट निस्केको र्‍याली राजविराज नगरको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेटअगाडि एक घण्टा धर्ना दिएको थियो ।

पत्रकारहरूले धर्नाको क्रममा सप्तरीका सीडीओले प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गरेकाले कारबाहीको माग गरे । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले प्रशासनको सूचनाले जिल्लामा असुरक्षा उत्पन्न भएको भन्दै कडा आन्दोलनमा उत्रिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *