कुलमानको पत्रकार सम्मेलनमै लाइन गएपछि..
नेपाल प्रेस
२०८० साउन २५ गते १५:१४
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
प्राधिकरणका गतिविधिबारे जानकारी गराउँदै गर्दा बत्ती गएपछि कुलमान एकछिन तनावमा परेका थिए । मिडियाहरूमा जारी प्रेसमिटको प्रत्यक्ष प्रसारणसमेत केहीबेर अवरुद्ध भयो ।
लाइन गएपछि कुलमानले पानी परेर विभिन्न ठाउँमा सिस्टममा खराबी आएकोले गर्दा यस्तो समस्या आएको भन्दै प्रष्टीकरण दिएका छन् ।
पछिल्ला केही दिनदेखि देशभर बिजुली जाने समस्या बढ्दै गएको छ । पूर्वसूचनासमेत नगरी बिजुली बीचबीचमा गइरहँदा उपभोक्ताको गुनासो बढ्दो छ ।
प्रतिक्रिया
सम्बन्धित खवर